Aamsanchar

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर र महिलातर्फ प्रियालाई

Author Image
आइतवार, वैशाख २, २०८१

जुम्ला – जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएका आयोजकले जनाएको छ ।

कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आयोजित पाँचौँ संस्करणको म्याराथनमा तातोपानी गाउँपालिका–७ का दल कुवर दोस्रो र कनकासुन्दरी–३ का शेरबहादुर बुढा तेस्रो भएका आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

४९ किलोमिटरकै महिलातर्फको दौडमा खोटाङकी प्रिया राई पहिलो, जुम्लाको गुठिचौर गाउँपालिकाकी राज्यलक्ष्मी रावत दोस्रो, तिला गाउँपालिकाकी अनिता बुढा तेस्रो भएका छन् ।

महिला र पुरुष दुवैतर्फ पहिलो हुने धावकले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । म्याराथनमा स्वदेशी र विदेशी गरी ८० जना धावक सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर