Aamsanchar

आज गुजरात र दिल्ली खेल्दै

Author Image
बुधवार, वैशाख ५, २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल अहमदावादमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरातले अहिलेसम्म ६ खेल खेलेको छ । उसले तीन खेल जित्दा ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ ।

त्यसैगरी दिल्ली क्यापिटल्स ६ खेलमा दुई जितसहित ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । गुजरात आईपीएलमा सहभागी हुँदा सन् २०२२ मा विजेता र अघिल्लो वर्ष उपविजेता बनेको थियो । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हरायो ।

शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क छ । कोलकता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर