Aamsanchar

बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

Author Image
बिहिवार, वैशाख ६, २०८१

काठमाडौं – जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

इंग्लिस क्लब आर्सनललाई गएराति दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित बायर्न अन्तिम चारमा पुगेको हो। आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो।

जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो। उनले ६३ औं मिनेटमा गोल गरेका थिए। यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ।

अब फाइनल प्रवेशका लागि बायर्नले स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्नेछ। गएरातिको दुई खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।

अर्को सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)र बरुसिया डर्टमुन्ड भिड्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर