Aamsanchar

एसीसी प्रिमियर कप : नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दियाे

Author Image
शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं – ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दिएको छ।

नेपालले ९ विकेट गुमाएर जम्मा ११९ रन बनाउन सक्यो।

टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।

यसअघि सन्दिप जोरा अर्धशतक बनाएर आउट भए भने २० रन बनाएर गुलशन झा आउट भए। करण केसी १७, आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३ ,सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर