Aamsanchar

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले आज हङकङसँग खेल्दै

Author Image
शनिवार, वैशाख ८, २०८१

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो । उपाधिका लागि भोलि यूएई र ओमान खेल्नेछन् । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर