Aamsanchar

मेची राजमार्गमा टाटा सुमो दुर्घटना

Author Image
आइतवार, वैशाख ९, २०८१

झापा-मेची राजमार्गको पाँचथर खण्डकखण्डमा टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो ।

प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक किरण राईका अनुसार टाटा सुमो सडकदेखि ६० मिटर तल झरेको छ । गाडीमा सवार १४ जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याइएको हो ।

पाँचथर अस्पतालले सात जनालाई थप उपचारका लागि झापा रिफर गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)