Aamsanchar

कनकाईमा निशान शोभा यात्रा,मुस्लिम धर्मावलम्बीहरूको सद्‌भावपूर्ण सहभागिता

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

आज हनुमान जयन्तीको दिन झापाको सुरुंगा बजारमा निकालिएको निशान शोभा यात्रामा मुस्लिम धर्मावलम्बीहरूको सद्‌भावपूर्ण सहभागिता ।

कनकाई नगर मुस्लिम समाजका युवाहरूले धार्मिक सहिष्णुता प्रकट गरेर शोभा यात्रामा सहभागी जनाएका हुन । उनीहरूले हिन्दु धर्मावलम्बीहरूलाई निशुल्क पानी समेत वितरण गरेका थिए  ।

कनकाईका हिन्दु, मुस्लिम समुदायका नागरिकहरू एक आपसमा मिलेर, आत्मियता साटासाट गरेर सामाजिक एकताको सन्देश दिएका छन् ।

राजनीति स्वार्थ पुरा गर्न धर्मको नाममा जनताको भावना माथि खेलवाड गरेर द्वन्द्व सृजना गर्ने चेष्टा कसैबाट नहोस् भनेर सुरुंगाका हिन्दु, मुस्लिम धर्मावलम्बीहरूले सदभाव जनाएर सचेत पनि गराएका छन् ।

फोटो:सामाजिक सञ्जाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
/>
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर