Aamsanchar

बाँध फुट्दा केन्यामा ४२ जनाको मृ*त्यु

Author Image
मङ्गलवार, वैशाख १८, २०८१

नैरोवी – केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले जनाएका छन् । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।
´बाँध फुट्दा ४२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अहिले पनि धेरै मानिस माटोमा छन्, हामी उद्धारको प्रयासमा काम गरिरहेका छौँ`, नाकुरु काउन्टीका गभर्नर सुसान किहिकाले भने।

माई महिउको रिफ्ट भ्याली सहर नजिकैको बाँध फुटेर घर तथा सडकलाई बगाएको छ । यसअघि अधिकारीहरूले केन्यामा मार्चयता ७६ जनाले ज्यान गुमाएको जानकारी दिएका थिए । सामान्यभन्दा भारी वर्षाले पूर्वी अफ्रिकामा एल निनो मौसमको ढाँचाले जटिल बनाएको थियो।सन् २०१८ मेमा भीषण वर्षा र बाढीको बेला नाकुरु काउन्टीको सोलाईमा पनि बाँध फुट्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर