Aamsanchar

ग्वाङडोङ प्रान्तमा राजमार्गको एक भाग भत्किँदा कम्तीमा १९ जनाको मृ*त्युु

Author Image
बुधवार, वैशाख १९, २०८१

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए।

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन्। अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन्। राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ।

अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर