Aamsanchar

झापामा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार

Author Image
शुक्रवार, वैशाख २१, २०८१

झापा – झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका गजमेर (निशा)माथि शुक्रबार दिउँसो करिब साढे ११ बजेतिर गोली प्रहार भएको हो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो।

उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। अहिले उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। अस्पताल पुगेका स्थानीय पत्रकार सुदिप अधिकारीका अनुसार चिकित्सकले उनको पेटबाट एउटा गोली निकालिसकेको छ। उनको हाल आइसीयुमा उपचार भइरहेको छ।

यता गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए। अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर