Aamsanchar

कोशी सरकार गठन विरुद्ध परेको रिटमा कारण देखाउ आदेश

Author Image
शुक्रवार, वैशाख २८, २०८१

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संवैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाई बाट टुंगो लाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ । 

कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)