काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रमा शनिबार ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे। देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।
भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए। दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरूको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 78