Aamsanchar

दुई किलो पाँच ग्राम चाँदीसहित भद्रपुर एयरपोर्टबाट एक महिला प*क्राउ

Author Image
शनिवार, वैशाख २९, २०८१

झापा – दुई किलो पाँच ग्राम चाँदीसहित झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर एयरपोर्टबाट एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्डस्थित देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई शुक्रबार (हिजो) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी बुद्ध एयरको उडानमार्फत काठमाडौं आउन लागेकी थिइन् । जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर