Aamsanchar

नेपाल आइडलमा बिर्तामोडकी इशालाई जिताउन अभियान सुरु

Author Image
आइतवार, वैशाख ३०, २०८१

बिर्तामोड । नेपालको एक प्रशिद्ध गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापा बिर्तामोडकी इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ ।
आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गरेर ‘इशा सुवेदी जिताऔँ अभियान’ ले भोट गर्न अपिल गरेको हो ।

बिर्तामोड स्थित सनलाइट म्युजिक सेन्टरमा गायन सिकेकी इशा यतिवेला झापालगायत देशभरी बाट नैै एक कुशल गायिकाको रुपमा परिचित बन्दै गएकी छन् ।

नेपाल आइडलमा देशभरीबाट सहभागी बनेका १ सय ८५ जना प्रतिसर्दीबाट टप ९ मा पुग्न सफल भएकी उनि हाल कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्र गायिका रहेकी छन् । सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशालाई भोट गरी नेपाल आइडल सिजन ५ को विजेता बनाउन अभियानका संयोजक तथा गायिका सुवेदीका दाजु विराज सुवेदीले अनुरोध गरेका छन् ।

संयोजक विराजले भने ‘प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यक पर्ने भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा गीतसंगीतप्रेमीहरुलाई भोट गरिदिन अपिल गर्छु ।’

कार्यक्रममा संगीतकार प्रकाश लिङदेन, सनलाइट म्युजिक विद्यालयकी सञ्चालिका हेमा भण्डारी योञ्जनलगायत भोटिङ अभियानमा जोडिएकाहरुले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी इशालाई नेपाल आइडलमा जिताउन जोड दिए ।

सामान्य परिवारकी बिर्तामोड निवासी इशा प्रोभिडेन्स कलेजकी स्नातक तहकी विद्यार्थी हुन् । सानैदेखि गीत गाउन रुचि राख्ने इशाले यही क्षेत्रमा स्थापित हुने सोच बनाएकी छन् ।उनलाई जिताउन १५ सदस्यीय समिति गठन गरिएको छ । समितिको संयोजक विराज सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश लिङदेन, शुर्दशन थापा, हेमा भण्डारी, केशव भण्डारी, किरण लिम्बू, सन्तोष थेवे, अर्जुन संग्रौला, सुमन मगर, अमित खड्का, सुगम रायमाझी, राम ढकाल, नरेन्द्र निरौला, सन्देश कार्की रहेका छन् । उक्त समितिले प्रचारप्रसार र भोटिङका लागि अपिलसँगै गीतसंगीतप्रेमीसँग स्वेच्छिक आर्थिक सहयोगको अपेक्षा पनि गरेको बताइएको छ ।

इशालाई भोट गर्न इसेवा, मोबाइल एसएमएस र मोमो एपबाट भोट गर्न सकिन्छ । इसेवाको नेपाल आइडल सिजन–५ मा गएर भोटिङ आइडी ०२ कोडमा भोटिङ गर्न सकिन्छ भने एसएमएसमार्फत ०२ टाइप गरी ३७००० पठाएर पनि भोट गर्न सकिन्छ ।

अपील भिडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर