Aamsanchar

उद्धारकर्मीलाई अफगानिस्तानमा बाढी प्रभावित क्षेत्रमा पुग्न समस्या

Author Image
सोमवार, वैशाख ३१, २०८१

अफगानिस्तानमा बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको छ । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्तमा बाढी आएको थियो । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । यो प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्‍याउन समस्या भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विनाशकारी क्षेत्रमा राहत तथा उद्धारका लागि गएका खाद्यान्नले भरिएका ट्रक, सेनाका गाडी, उद्धारकर्मी र स्थानीयबासिन्दा बाढीले सडकलाई बगाएपछि बीचमै फसेका छन् । सेनाले बाटो बनाउन र हिलोमा फसेका ट्रकहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका खबरमा उल्लेख छ ।

तालिबान सरकारको शरणार्थी मन्त्रालयले बघलानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गएको र एक हजार ६ सयभन्दा धेरै घाइते भएको बताएको छ । मन्त्रालयले दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र एक हजार गाईवस्तु मारिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर