Aamsanchar

अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने प*क्राउ

Author Image
सोमवार, वैशाख ३१, २०८१

काठमाडौं – अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् ।

तिनैजनालाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार सोही मुद्दामा पक्राउ परेका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा राखेर संगठित मानव तस्करी गर्दै आएका थिए । भारतको नयाँ दिल्लीमा बसेर उनीहरुले ठगी गर्दै आएको प्रहरीले आरोप लगाएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर