Aamsanchar

सरकारद्वारा सशस्त्र द्वन्द्व तथा जनआन्दोलनमा अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा उपचारका लागि शान्तिकोष स्थापना गर्ने घोषणा

Author Image
मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा उपचारका लागि शान्तिकोष स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

‘सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति उपचार आवश्यक उपकरण शिक्षा, रोजगारी स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनःस्थापना र परिपुरण लगायतका कार्य गर्न शान्तीकोषको स्थापना गरिने छ,’ उनले भने।

साथै जनआन्दोलन, जनयुद्ध मधेस आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तनका क्रममा घाइते तथ अपाङ्गको सूची अध्यावधि गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिने उनले बताए।

यस्तै राजनीतिक कार्यक्रमका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सममान कार्यक्रम गर्ने प्रस्ताव मिलाइने उनको भनाइ छ।

द्वन्द्वका क्रममा अपाङ्गता भएकाहरुको अपाङ्गता प्रतिशत पुनरावलोकन गरी औषध उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपममा तोकिने घोषणा गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर