Aamsanchar

प्रधानमन्त्री दाहाल र सभामुख बीच भेट, के भयाे कुराकानी ?

Author Image
बुधवार, जेठ २, २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा छलफल गर्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरका थिए। संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यक्रम थियो। तर, सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन।

यो विषयलाई सभामुखले गम्भीरतापूर्वक लिएको उनको सचिवालयले जनाएको छ। कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न सभामुख घिमिरेले मंगलबारको कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर