Aamsanchar

माधवी राजेको निधन

Author Image
बुधवार, जेठ २, २०८१

नयाँ दिल्ली – भारतका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिंधियाकी आमा माधवी राजेको बुधबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो दुई महिनादेखि माधवीको उपचार चलिरहेको थियो । उनी निमोनियाले पीडित रहेकी थिइन् । उनको अवस्था नाजुक भएकोले पछिल्लो दुई हप्तादेखि भेन्टिलेटरमा थिइन् ।

सिन्धिया परिवार भारतको मराठाका तत्कालीन राजपरिवार मानिन्छ । अन्तिम सिन्धिया राजा ग्वालियरमा रहेका थिए । माधवी राजे नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरकी नातिनी समेत हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर