Aamsanchar

९ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौ*न शिक्षामा प्रतिबन्ध

Author Image
शुक्रवार, जेठ ४, २०८१

नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ ।

यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ´आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि अनपयुक्त विचलित सामग्रीको सम्पर्कमा आउँदैनन भन्नेबारे अभिभावकले भरोसा गरेका हुन्छन्`, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ´त्यसैले गत वर्ष हाम्रा कक्षाहरूमा यस्तो भएको खबर सुनेर म भयभीत भएको थिएँ ।`

नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामाथि प्रतिबन्धका साथै लिङ्ग पहिचानको विवादित सिद्धान्त पनि नपढाइने मन्त्रालयले बताएको छ ।

 

लैङ्गिक पहिचानका मुद्दाहरूसँग जुधिरहेका युवाहरूलाई नारी बनाउने हर्मोन उपचारहरू सिफारिस गर्नमा ‘अत्यन्त सावधानी’ उपाय चाल्न आग्रह गर्ने गत महिना भएको ऐतिहासिक समीक्षापछि यस्तो कदम चालिएको हो ।

प्रस्तावको विषयमा नौ साता परामर्श हुनेछ र अन्तिम रूप दिइएपछि वैधानिक हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर