Aamsanchar

मथुरा-वृन्दावन दर्शन गरि फर्कंदै गरेका श्रद्धालु चढेकाे बसमा आगलागी, १० जनाकाे मृ*त्यु

Author Image
शनिवार, जेठ ५, २०८१

हरियाणा – हरियाणाको कुण्डली–मानेसर–पलवल द्रुतमार्गको नुहको तावडुमा श्रद्धालुहरुले भरिएको बसमा आगजनी भएको छ । शुक्रबार राती करिब १:३० बजे आगलागी भएको हो।

दुर्घटनामा ८ भक्तजनको घटनास्थलमै मृत्यु भएको थियो । अन्य २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यस्तै २५ जनाभन्दा बढी मानिस जलेर घाइते भएका छन् ।

मथुरा-वृन्दावनबाट भक्तहरू फर्किरहेका थिए

 

घाइतेहरुका अनुसार बसमा ६० जना सवार थिए । उनीहरु सबै पञ्जाब–चण्डीगढका मानिसका आफन्त र बासिन्दा हुन् । उनीहरु दर्शन गरेर मथुरा-वृन्दावनबाट फर्कंदै थिए। गुडिरहेको बसमा आगो देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए ।

घाइतेहरुलाई हाल विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर