Aamsanchar

बीएण्डसीमा नेपाल सरकारले उपलब्ध गराउने हेड तथा इस्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु 

Author Image
शनिवार, जेठ ५, २०८१

बिएण्डसी अस्पताल भवन । फोटो बिनोद पाण्डे/आमसंचार

बिर्तामोड । नेपाल सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधा झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर मा पनि उपलब्ध हुने भएको छ ।
बीएण्डसीमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा इस्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको हो ।

नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रबारदेखि सुचारु गरेको जानकारी दिइएको छ । अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीसहित चिकित्सकहरूले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।

उक्त कार्यक्रम अन्तरगत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था रहेको छ । सेवा पाउनका लागि डाक्टरले बिरामीको सूचीकृत गरेर रोग बारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा अन्तरगतको प्रमुख प्रकाशकीय अधिकृत, स्थानीय तह प्रमुख, स्वास्थ्य शाखा प्रमुखको एक समिति हुने र सो समितिको सिफारिस आवश्यक पर्नेछ । क्यान्सरका बिरामीका लागि सरकारले उपलब्ध गराएको सेवा जस्तै यो सेवा रहेको अस्पतालले जनाएको छ ।
स्थानीय तहको समितिले सिफारिस गरेर अस्पताललाई पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना बाट घाइतेहरूको हकमा भने उपचार भइसकेपछि डकुमेन्ट ल्याउन सकिने पनि व्यवस्था छ ।

कोही पनि विपन्न नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो । बीएण्डसीमा एक लाख रुपैयाँसम्मको हेड तथा इस्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु गरिएको अस्पताल प्रशासन पक्षले जनाएको छ ।  उक्त कार्यक्रम अन्तरगत एक लाख रुपैयाँसम्मको सेवा अस्पतालबाट लिन पाइनेछ । विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत एक लाख भन्दा कम उपचार खर्च भए त्यो रहने र बढी भए त्यसलाई बिरामीले बेहोर्नु पर्ने बताइएको छ ।

अस्पतालले चाडैं स्वास्थ्य बिमा कार्यक्रम समेत पुनः सुचारु गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै नेपाल सरकारसँगको सहकार्यमा निशुल्क डायलासिस सेवा समेत सुरु गर्न लागिएको जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर