Aamsanchar

इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकोप्टर दुर्घटनामा निधन

Author Image
सोमवार, जेठ ७, २०८१

काठमाडौं – हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ।

आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनसहित हेलिकोप्टरमा सवार सबै ज्यान गएको तेहरान टाइम्सले जनाएको छ।

हेलिकोप्टरमा ९ जना सवार थिए। मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन। फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुुर्घटनामा परेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ। खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन्।

इरानका सर्वोच्च नेता अयातोल्लाहअली खामेनीको उत्तराधिकारी बन्नका लागि अग्रपंक्तिमा रहेका ६३ वर्षीय राष्ट्रपति रायसी अजरबैजानको सीमानाको भ्रमणपछि यात्रा गरिरहेका बेला हेलिकप्टर दुर्घटना भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर