Aamsanchar

प्रधानमन्त्री ऋषि सुनकद्वारा बेलायती संसद विघटन, आमनिर्वाचन गर्ने घोषणा

Author Image
बिहिवार, जेठ १०, २०८१

काठमाडौं – बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्। अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको जनाएको छ। संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो। तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ।

राजनीतिक वृत्तमा आउँदो वर्षको जनवरीतिर निर्वाचन हुने अड्कलबाजी गरिए पनि प्रधानमन्त्री सुनकले अप्रत्यासित रुपमा निर्वाचन मिति घोषणा गरेका हुन्। उनले निर्वाचनको घोषणा गर्दै बेलायतको आर्थिक अवस्था मजबुद बन्दै गएको उल्लेख गरेका छन्।

सुनकले कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ सेवामा खर्च वृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा गर्व लागेको बताए।

विपक्षी दल लेबरका नेता केयर स्टारमरले आमचुनाव ‘देशले पर्खिरहेको क्षण’ भएको प्रतिकृया दिएका छन्। उनले आमचुनाव देशमा झन् राम्रो परिवर्तनका लागि अवसर भएको पनि बताए।

बेलायतमा आम चुनाव प्रायः बिहीबार हुने गर्दछ। जुलाई ४, २०२४ पनि बिहीबार नै परेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर