Aamsanchar

तुलसीपुरमा सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान

Author Image
शुक्रवार, जेठ ११, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ ।
उपमहानगर प्रमुख टिकाराम खड्काका अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ । त्यससैगरी शिक्षकले प्रधानाध्यापक सँग करार सम्झौता गर्नुपर्ने छ ।

सामुदायिक विद्यालयको स्तर खस्कीदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौत गर्न लागिएको हो । ‘सामुदायिक विद्यालयको स्तर खस्कीदो क्रममा छ ।’ उपमहानगर प्रमुख खड्काले भन्नुभयो,‘त्यसलाई सुधार्न करार सम्झौता गर्न लागेका हौँ ।’ सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ ।
राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्सहान गर्न सेवासुबिधा थप गरिने उपमहानगरले जनाएको छ ।

शैक्षिक सुधार अभियान अन्तर्गत उपमहानगरको शिक्षा समितिले तीनवटा विद्यालयमा पुस्तकालय र ४ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्ने निर्णय समेत गरेको छ । जनज्योती आधारभुत विद्यालय घोरनेटी,आधारभुत विद्यालय शुन्दर नगर र आधारभुत विद्यालय कटाहमा पुस्तकालय स्थापना हुने छन् । यस्तै सरस्वती मावि सल्लीवन,जनज्योती मावि रनियापुर,मावि बेलझुन्डी र जनकल्याण मावि दुधरासमा विज्ञान प्रयोगशाला निर्माण गरिने छ ।
मावि बालापुर,मावि दमारगाउँ,मावि प्रतापकोट,मावि कालाखोला,मावि दोघरे,मावि हरीपौरा,मावि तुई रनियापुर,मावि अम्बापुर,मावि कुटेचौर मावि भित्री संङ्गाम, मावि बेलझुन्डी,मावि नवलपुर,सल्लीवन,आधारभुत विद्यालय कोठरी र आधारभुत विद्यालय हरनेटी गरी १५ वटा विद्यालयमा एक÷एकजना अनुदान शिक्षक दिने निर्णय समेत गरिएको छ ।
काजमा रहेका प्राविका शिक्षकलाई सोही ठाउँमा पदस्थापना गर्ने, संघीय अनुदानका शिक्षकलाई तीन महिनाको तलब व्यवस्था गर्ने र सबै विद्यालयमा अक्षर सुधार कार्यक्रम लागु गर्ने निर्णय गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय छन् ।

चार विद्यालयका अध्यक्षलाई हटाइएको जानकारी गराउने निर्णय
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिले चार विद्यालयका अध्यक्षलाई हटाइएको जानकारी गराउने निर्णय गरेको छ ।
आज बसेको बैठकले जनता मावि बिजौरीका अध्यक्ष हिमबहादुर डाँगी,महेन्द्र मावि तुलसीपुरका अध्यक्ष अरुण लहरे,मावि अश्वाराका अध्यक्ष किरणबहादुर शाह र बालमितेरी भोजपुरका अध्यक्ष शंकर खड्कालाई हटाइएको लिखित जानकारी विद्यालयलाई गराउने निर्णय गरेको हो ।
डाँगी,लहरे,शाह र खड्का अभिभावक नभएकाले हटाउन माग गर्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले छानवीन गरी उनीहरुलाई हटाउन तुलसीपुर उपमहानगरलाई हटाउन निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि उपमहानगरले उनीहरुलाई बरखास्त गर्ने निर्णय गरेको थियो । उपमहानगर भित्रका अन्य विद्यालयलाई पनि गैह्र अभिभावक अध्यक्ष भएको त्यसको जानकारी दिन पत्राचार गर्ने निर्णय गरेको उपमहानगर प्रमुख एवं शिक्षा समितिका संयोजक टिकाराम खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)