Aamsanchar

भारतमा बर्डफ्लु : एक हजार पक्षी मारिए

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाडौं – पूर्वी भारतको झारखण्ड राज्यमा बर्डफ्लुको प्रकोपपछि कुखुरा मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्रीफार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरूले जनाएका छन् । पोल्ट्रीफार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर