Aamsanchar

आजको राशिफल । १२ जेठ २०८१, शनिवार

Author Image
शुक्रवार, जेठ ११, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर