Aamsanchar

अस्पतालमा आगलागी हुँदा छ जना नवजात शिशुको ज्यान गयो

Author Image
आइतवार, जेठ १३, २०८१

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीस्थित विवेक इलाकामा अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्लीको अग्नीशमन सेवाका अनुसार राति ११ बजेर ३२ मिनेट जाँदा अस्पतालमा आगलागी भएको थियो ।

दिल्ली फायर सर्भिसका अनुसार १२ जनाको उद्धार गरिएकोमा ६ शिशुको मृत्यु भएको हो । अन्य ६ जनालाई अस्पतालको भेन्टिलेटरमा राखिएको छ । आगलागी हुनुको कारण नखुलेको बताइएको छ ।

आगलागीबाट तीनजनाको मृत्यु
यस्तै, भारतको दिल्लीमै कृष्णनगर इलाकामा गएराति करिब २ बजे एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बीबीसी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर