![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240528_095826956.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ ।
यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएको हो । बङ्गदेलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु आसपासका क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो तटीय क्षेत्र जलमग्न भएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
अस्ति आइतवार बेलुकादेखि सक्रिय आँधीका कारण झण्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्थानीय अधिकारीहरुकाअनुसार ३६ लाख बालबालिकासहित झण्डै ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन् । आइतवार आएको आँधी हिजो सोमवारदेखि भने केही कमजोर भएको भारतको मौसम विभागले जनाएको छ ।