Aamsanchar

भारतमा ढुङ्गाखानीमा पुरिएर १० जनाको ज्यान गयो

Author Image
मङ्गलवार, जेठ १५, २०८१

भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर १० जनाको ज्यान गएको छ । ढुङ्गाखानीमा पुरिएर केही व्यक्ति हराइरहेका छन् ।

मिजोरमको आइजोल जिल्लामा अविरल वर्षाका कारण आज बिहान ढुङ्गाखानीमा पहिरो झरेको र त्यही पहिरोमा पुरिएर १० जनाको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ । मिजोरमका प्रहरी महानिर्देशक अनिल शुक्लाले भग्नावशेषमा १० जना फसेको अनुमान गरिएको र उनीहरूको उद्धार भइरहेको जानकारी दिनुभएको छ । तर ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।

मिजोरममा राष्ट्रिय सडक पहिरोले बगाउँदा अरू राज्यसँगको यातायात सम्पर्क टुटेको छ । बिजुली आपूर्ति पनि बन्द भएको छ । सरकारले विद्यालय बन्द गरेको छ भने अत्यावश्यकबाहेकका काम घरबाटै गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर