Aamsanchar

आजको राशिफल । २१ जेठ २०८१, सोमवार

Author Image
आइतवार, जेठ २०, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक कार्यमा पनि मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर