Aamsanchar

पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउँछाै : कप्तान रोहितकुमार पौडेल

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले पहिलो खेलमा नेदरल्याण्ड्ससँग उत्कृष्ट नतिजा निकाल्ने प्रतिक्रिया दिएका छन्।

१० वर्षपछि टी- २० विश्वकप खेल्न पाएकोमा आफूहरू उत्साहित रहेको भन्दै उनले उत्कृष्ट खेल खेल्ने बताए। उहाँले खेलाडीको वर्षौँदेखिको सपना आज पूरा हुन लागेको बताए

विश्वकप शुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका उनले पहिलो खेल जित्नु महत्त्वपूर्ण हुने भन्दै जितका लागि खेल्ने बताए। ‘हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ’, उनले भने​, ‘नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ’, ‘हामी बेस्ट दिनेछौँ।’

पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने उनले बताए। उनले मंगलबारको खेलमा जसले दबाब थेग्न सक्छ उसैले जित्ने तर्क गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर