Aamsanchar

पर्यटन कार्यालय झापाद्वारा पर्यटन व्यवसायीहरूलाई क्षमता मूलक तालिम प्रदान

Author Image
बुधवार, जेठ २३, २०८१

बिर्तामोड । मेचीनगर काँकडभिट्टामा रहेको पर्यटन कार्यालय झापाको आयोजना र होटल व्यसायी संघ झापाको सहकार्यमा पर्यटन व्यवसाय क्षमता विकास सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।आज बिर्तामोडमा आयोजित प्रशिक्षण कार्यक्रममा होटल, ट्राभल्स, पर्यटन प्रहरी, ट्रेकिङमा आवद्ध व्यवसायीहरूको सहभागिता रहेको थियो ।

पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा र बाल्मिकी एजुकेसन फाउण्डेसनका लेक्चरर निरज श्रेष्ठले प्रशिक्षण दिएका  थिए । प्रशिक्षण कार्यक्रममा झापाका ५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र कुमार संग्रौलाले  झापामा होटल व्यवसायीहरू निश्चित स्थानमा सञ्चालन गरिनु पर्दथ्यो । पर्यटन व्यवसायको एक मुख्य केन्द्र नै रहेको होटल व्यवसायीहरू पर्यटन मैत्री बन्नु पर्ने  धारणा राखे । उनले पर्यटन विकासको लागि होटल, ट्राभल्स, ट्रेकिङमा आवद्ध व्यवसायीहरू, सरोकारवालाहरूको हातेमालो जरुरी हुने बताए ।
नेपालमा हिमाल, पहाड र तराई जस्तो विविधतायुक्त भूगोल रहेको भन्दै १२ महिना नै यहाँ पर्यटनको सम्भावना रहने धारणा उनको थियो ।

होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन कार्यालय झापाका सूचना अधिकारी निरज कट्टेलले गरेका थिए । कार्यक्रममा होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन कोशी प्रदेशका महासचिव नवीन खरेल लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर