Aamsanchar

आजको राशिफल । २५ जेठ २०८१, शुक्रवार

Author Image
बिहिवार, जेठ २४, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्, हरेक कार्यमा सतर्क हुनु नै उपयुक्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर