Aamsanchar

जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड स्नान आरम्भ

Author Image
शुक्रवार, जेठ २५, २०८१

हलाहल विष र गोसाईंकुण्ड को कथा
ॐ अस्य श्री भगवान नीलकंठ सदा–शिव–स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म–स्थै–आर्यु–आरोग्य–अभिवृद्धयर्थं
मोक्षादि–चतुर्वर्ग–साधनार्थं च श्री नीलकंठ–सदाशिव–प्रसाद–सिद्धयर्थे जपे विनियोगः।

समुद्र मन्थन गरेर निस्किएको विषबाट सारा जगतलाई जोगाउन भगवान् शिवले पिएको त्यो विष घाँटी अड्किएको र त्यो विषसहित निलाद्री पर्वत पुग्नुभएको विश्वास छ । सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु प¥यो भनी भगवान् शिवसमक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए । तर त्यो विष घाँटीमा अड्किएपछि छटपटी शान्त पार्न भौँतारिँदा शिव भगवान् निलाद्री पर्वतमा पुगी त्रिशूल भित्तामा प्रहार गर्नुभयो । त्यसपछि त्यहाँ धारा बनेको र त्यही धाराबाट बगेर आएको पानीले कुण्ड बनेको विश्वास गरिन्छ । त्यही कुण्डमा भगवान् शिवले विषको औडाह शान्त पारी त्यही आफू रहनु भएको धार्मिक विश्वास छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ ।

जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड
जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड हो । आजको दिनबाट हजारौँ भक्तालुहरू अनेक जनविश्वासका साथ बर्सेनि कुण्डमा स्नान गर्न जाने परम्परा छ । काठमाडौँबाट उत्तरी दिशाको रसुवा जिल्लामा पर्ने पवित्र तीर्थ गोसाईंकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने गर्छ । यसरी दशमीसम्म चल्ने पवित्र स्नानको शृङ्खलालाई दशहरा स्नानका रूपमा पनि लिइन्छ । दशहरा स्नान अवधिभरि सनातन दर्शनका अनुयायीले सखारै उठेर कुण्डमा जाने अनि स्नान गर्ने चलन छ । ज्येष्ठ महिनाको गर्मीमा अनि धानको रोपाइँ सुरु हनुअघिको दशहरा स्नानले कृषि कार्य र आउँदो वर्खायामका लागि तयारी गराउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर