Aamsanchar

बिर्तामोडमा नाट्य कला सम्बन्धी कार्यशाला गोष्ठी सुरु, ‘आँउदो वर्ष सार्क राष्ट्रिय नाट्य महोत्सव आयोजना हुने’

Author Image
शनिवार, जेठ २६, २०८१


बिर्तामोड ।  झापामा नाट्य कला सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ ।
क्षितिज नाट्य समूहको आयोजना र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक अनुदानमा सात दिवसीय कला गोष्ठी आजबाट सुरु भएको हो ।

जेठ ३२ गते सम्म सञ्चालन हुने कार्यशालामा २४ जना कलाकारहरूले भागलिने भएका छन् ।  क्षितिज नाट्य समूह अन्तरगत विभागीय समिति, नाट्य विभागले कार्यशालाको सहजीकरण गर्ने भएको छ । नाट्य विभाग प्रमुख गजेन्द्र खतिवडा (पृथक), क्षितिज नाट्य समूहका केन्द्रिय अध्यक्ष माधव खतिवडा (कल्पित) लगायतले सहजीकरण गर्ने बताइएको छ ।

बिर्तामोड १ स्थित निर्माणाधीन झापा नाटक घरमा सुरु भएको गोष्ठीको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्रप्रसाद सङ्ग्रौलाले गरेका छन् ।

क्षितिज नाट्य समूहका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा आयोजित गोष्ठी उद्घाटन कार्यक्रममा झापा नाटकघरका संरक्षक राजकुमार पोखरेल, प्रेमकुमार खरेल र प्रमुख अतिथि सङ्ग्रौलाले झापा नाटक घर निर्माणकार्यले अन्तिम रूप लिन लागेको र झापाको बिर्तामोडमा व्यवसायिक रुपमा नाटक मञ्चन गरेर कलाकारहरूले आफ्नो प्रतिभा देखाउदै स्वरोजगार बन्न सक्ने आधार झापा नाटक घर बन्ने भएकाले नाटक घरलाई निर्माणकार्य पूर्णता गराउन सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष माधव कल्पितले भने ‘आगामी वर्ष सार्क स्तरीय नाटक महोत्सव गर्ने योजना गरेको छ । उक्त महोत्सवमा विभिन्न देश र भाषाका २८ वटा नाटक मञ्चन गरिने छ । हरेक दिन फरक फरक नाटक प्रस्तुत गरेर झापा नाटक घरमा कलाप्रेमीलाई नाटक हेर्न आउने बानी बसाउन नाटक महोत्सव गर्न लागिएको हो ।’

कार्यशाला गोष्ठी उद्घाटन क्षणमा कलाकारहरूले अभिनय, नृत्य र गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत साहित्य विभाग प्रमुख दुर्गा सिग्देलले स्वागत गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर