Aamsanchar

‘देवभूमि गट ट्यालेन्ट २०८१’ सम्पन्न

Author Image
आइतवार, जेठ २७, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–५ मा रहेको देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘देवभूमि गट ट्यालेन्ट २०८१’ कार्यक्रम सम्पन्न भएको छ ।

हिजो बिर्तामोडमा आयोजना भएको कार्यक्रममा स्वप्निल चौहानले जित हासिल गर्न सफल बनिन भने  आलोक तिम्सिना दोस्रो र रिवान खतिवडा तेस्रो भएका छन् । गट ट्यालेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई सम्मानसहित ट्रफी प्रदान गरिएको थियो ।

विद्यार्थीको क्षमता तथा नेतृत्व विकास गराउने उद्देश्यले विभिन्न विधामा अतिरिक्त क्रियाकलाप गराउँदै आएको विद्यालयका संस्थापक तथा अध्यक्ष सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।
अध्यक्ष जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख डा. रूपक खनालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत स्कुलका प्रिन्सिपल सन्तोष पौडेलले गरेको कार्यक्रमको सञ्चालन शिक्षक समिर नेपालले गरेका थिए भने गट ट्यालेन्ट कार्यक्रमको सञ्चालन विद्यार्थीले नै गरेका थिए ।

कार्यक्रमअघि शिक्षक, अभिभावक र कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई सकारात्मक ऊर्जा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । मोटिभेसनल स्पिकर डा। ताराप्रसाद गिरी (ताराजी) ले अभिभावक, शिक्षक र विद्यार्थीलाई उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कक्षा नर्सरीदेखि १० सम्म अध्यापन हुने विद्यालयमा ५२७ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ४५ जना शिक्षक तथा कर्मचारी रहेको अध्यक्ष जमरकट्टेलले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले नृत्य, गायन, अभिनय, अंग्रेजीमा स्पिच, तेक्वान्दो प्रस्तुति, कविता, उसुको कला प्रस्तुति, चित्रकला, नेपाली नतृत्व, एकल नृत्यलगायतका कार्यक्रममा ४० वटा प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रकाश पराजुली, दीपक रायमाझी, भीमा खतिवडा, आशिष लिम्बू, उज्ज्वल आचार्य, पूजा खवास, विवेक गिरी, आशिष सुब्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर