Aamsanchar

बंगलादेशमा आठ करोड भन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ ´मेगा वृक्षारोपण` अभियान शुरु

Author Image
आइतवार, जेठ २७, २०८१

बंगलादेश सरकारले यस वर्षको मनसुनयाममा आठ करोड वटाभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ ´मेगा वार्षिक राष्ट्रव्यापी वृक्षारोपण` अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।

बिरुवा रोप्न र हुर्काउन सबैलाई आग्रह गर्दै उहाँले जलवायु परिवर्तनको प्रतिकुल असरबाट बंगलादेशलाई जोगाउनु पर्ने र त्यसका लागि आफ्नो सरकार कटिबद्ध रहेको बताउनुभयो ।

झन्डै दुई सय ५० नदीनालाले बगाएको र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशको वातावरण जोगाउन मानिसलाई उत्प्रेरित गर्न सन् १९९४ मा पहिलो पटक शुरु भएको महिना लामो वार्षिक अभियानलाई महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर