Aamsanchar

आजको राशिफल । २८ जेठ २०८१, सोमवार

Author Image
सोमवार, जेठ २८, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा भने लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर