Aamsanchar

फ्रान्सका राष्ट्रपतिद्वारा संसद् विघटन

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाण्डौ – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने घोषणा गर्नुभएको हो ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियन (ईयू) को चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद् भङ्ग गर्ने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । म्याक्रोनले संसद् भङ्गको घोषणा गर्दै ईयू चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताउनुभएको छ ।

ईयू चुनावमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्‍याली ९आरएन० ले ३२ दशमलव ३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४ दशमलव ८ देखि १५ दशमलव २ प्रतिशत मत प्राप्त गरेको छ । फ्रान्समा पछिल्लो आमचुनाव सन् २०२२ मा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर