Aamsanchar

रुसी सैन्य जेट दुर्घटना, दुईजनाको मृ*त्यु

Author Image
मङ्गलवार, जेठ २९, २०८१

मस्को – उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानका क्रममा एक रुसी सैन्य जेट दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । सुखोई–३४ जेट पहाडी क्षेत्रमा दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राविधिक समस्याका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट आकलन गरिएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।

पूर्वसोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको ‘फ्रन्टलाइन’बाट करिब ८०० किलोमिटर टाढा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर