Aamsanchar

बैंककको चर्चित बजार चतुचकमा आगलागी, एक हजार वटा जनावर मरे

Author Image
मङ्गलवार, जेठ २९, २०८१

थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् ।

आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले जनाएको छ । यस्तै आगलागीमा मुसा, पाइथन र गेकोसहरू पनि जलेका छन् ।

बिजुली शर्ट भएर आगलागी भएको र अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त नभएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

साँघुरो गल्लीहरूमा दशौँ हजार पसलहरू भएको चतुचक दक्षिण पूर्व एशियाको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो । यो थाइल्यान्डको साप्ताहिक बजारहरूमध्ये सबैभन्दा ठूलो र सबैभन्दा चर्चित बजार पनि हो ।

यहाँ हरेक शनिवार र आइतवार झन्डै दुई लाख जना पर्यटक आउने दाबी गरिएको छ । तर घरपालुवा जनावर बेच्ने बजारको भाग भने हप्ताभर खुला रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर