Aamsanchar

आजको राशिफल । ३० जेठ २०८१, बुधवार

Author Image
मङ्गलवार, जेठ २९, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु नै उचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर