Aamsanchar

अत्यधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको ज्यान गयाे

Author Image
सोमवार, असार ३, २०८१

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ुहिट स्ट्रोकु का कारण १४ जनाको ज्यान गएको र हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको खोजी भइरहेको छ ।

यसैबीच इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि ज्यान गएको पुष्टि गरेको छ तर उनीहरूको ज्यान कसरी भयो भन्ने बताएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । साउदी अधिकारीकाअनुसार यो वर्ष १८ लाखभन्दा धेरैले यसमा भाग लिइरहेका छन् । त्यहाँ यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरैलाई समस्या भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)