Aamsanchar

झापाको चुलाचुली मोडमा ट्रिपर र बस ठक्कर खादा २१ जना घाइते

Author Image
मङ्गलवार, असार ४, २०८१


दमक ।  झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा झिलझिलेबाट दमक तर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बर को टिपर र विपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खादा  बसमा सवार २१ जना  यात्रुवर्गहरू घाईते भएका छन् । 

आज बिहान ७ बजेर ३० मिनेटमा भएको घटनामा घाइते हुनेहरूलाई उपचारको लागि दमक तर्फ पठाइएको छ । 

दमक स्थित दमक रिसर्च सेन्टर अस्पतालमा ११ जना, लाइफलाइन अस्पतालमा ९ जना  र दमक अस्पतालमा १ जना  घाइतेको उपचार भइरहेको छ । 

दुर्घटनामा घाइते हुनेहरूको नाम संकलन भई सकेको छैन  सकेको छैन । प्रहरीले नाम, थर, वतन सहितको विवरण बुझ्ने कार्य गरिरहेको छ ।  बस र टिपर घटनास्थलमै रहेको रहेको भने दुर्घटनाग्रस्त सवारीले बाटो अवरोध गरेको छैन । 

बस चालक  उदयपुर त्रियुगा नगरपालिका ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक जिल्ला धनुषा गणेशमान नगरपालिका ५ बस्ने वर्ष ३४ को शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरूले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भर्नेकाम भइरहेको आमसंचारलाई जानकारी प्राप्त भएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर