Aamsanchar

दाहाललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

Author Image
बिहिवार, असार २७, २०८१

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको बताए। उनले प्रधानमन्त्री दाहालको अराजक गतिविधिकै कारण देशलाई अहिलेको अवस्थामा पुर्‍याउने काम गरेको आरोप लगाए।

उनले लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई गरिब देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको पनि आरोप लगाए।

उनले सरकारमा पार्टी जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिले भर पर्ने भएकाले अहिले नै निर्णय नभइसकेको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)