Aamsanchar

कोटीहोमको विश्वकर्मा मन्दिर असोज १ गते देखि सर्वसाधारणको लागि खुला हुने 

Author Image
सोमवार, भदौ २४, २०८१


कनकाई । झापाको कनकाई नगरपालिका –४ कोटीहोममा रहेको भगवान विश्वकर्माको मन्दिर अब सर्वसाधारणको लागि औपचारिक रुपमा खुला हुने भएको छ ।
आँउदो असोज १ गते विश्वकर्मा पूजाको दिन विशेष पूजा अर्चना गरेर मन्दिर भक्तजनका लागि खुला गरिने मन्दिर निर्माण तथा सञ्चालन समितिले आज पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेर उक्त कुराको जानकारी दिएको हो ।

२०४१ सालमा मन्दिर निर्माणको अभियान सुरु भई अनवरत रुपमा मन्दिर निर्माणकार्य चरणवद्ध भएकोले मन्दिर तयार बनाउन २५ वर्ष लाग्यो आँउदो असोज १ गने मन्दिर विधिवत रुपमा सञ्चलनमा ल्याउने, मन्दिर बाहेकका अरु भौतिक संरचना निर्माण गर्न बाकी रहेकाले भौतिक पूर्वाधार निर्माण सहयोगार्थ सोही दिन देखि पं श्री शेर प्रसाद सिन्चौरी को  प्रमुखव्यासकमा धार्मिक अनुष्ठान पनि आयोजना गरिने सञ्चालक समितिका अध्यक्ष गोपाल लुहागुनले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर