Aamsanchar

जुम्लामा दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका र भेडाको कारोबार

Author Image
सोमवार, असोज २८, २०८१

जुम्ला – जुम्लामा यो वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका र भेडाको कारोबार भएको छ।

चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसी बिक्री भएको जानकारी दिए।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ खसीबोका र भेडा बिक्री भएका छन्। यस्तै१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगाभैँसी खरिद बिक्री भएका छन्, जसमा ४८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन्।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम१० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो। जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ। अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजार रुपैयाँमा बिक्री भएका थिए।

२०६८ सालदेखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली खसीबोका र भेडा मात्रै बिक्री हुने गरेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बुधवार, कार्तिक २१, २०८१
आज सुनको मूल्य
मङ्गलवार, कार्तिक २०, २०८१