Aamsanchar

समता घरेलु लघुवित्तको एफपीओ खुला

Author Image
सोमवार, कार्तिक १२, २०८१

काठमाडौं – समता घरेलु लघुवित्तको एफपीओमा आज सोमबारदेखि आवेदन खुल्ने भएको छ ।

कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । सोबमोजिम यस कम्पनीको सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।

यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६। २० प्रतिशत मात्रै छ । एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।

हिजो आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ८५२ रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य हालसम्मकै महँगो
बिहिवार, कार्तिक १५, २०८१
ह्वात्तै बढ्याे सुनको भाउ
बुधवार, कार्तिक १४, २०८१
सुनको भाउले बनायाे नयाँ कीर्तिमान
मङ्गलवार, कार्तिक १३, २०८१