Aamsanchar

बिर्तामोडमा ५ करोडको लागतमा मसला उद्योग सञ्चालन

Author Image
सोमवार, मंसिर ३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा पाँच करोडको लगानीमा २० किसिमका मसला उत्पादन गर्ने गरी नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा. लि.ले आफ्नो नयाँ अलैंची प्रशोधन केन्द्रको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच उद्योगको उद्घाटन गरिएको हो । यो महत्वपूर्ण कदमले नेपालको मसला उद्योगलाई रूपान्तरण गर्दै उच्च गुणस्तरीय हिमाली अलैंची तथा मसला अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नको लागि नयाँ आयाम थपेको छ ।

एनइसीका अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले उद्घाटन गरेका छन् ।
कार्यक्रममा जिल्ला स्थित सरकारी निकायका प्रमुख, स्थानीइ सरकार प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल अलैची व्यवसायी महासंघ, टी.ई.पी.सी., नेपाल अलैंची विकास केन्द्र, कृषि प्रशोधन उद्योगहरू र अन्य प्रमुख सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत उद्योगकी निर्देशक पार्वता विमली खरेलले गरेकी थिइन । सञ्चालन पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

युएसएआईडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामको सहयोगमा एनइसीले अत्याधुनिक प्रशोधन मेशिनरी प्राप्त गरेको छ। साथै, ’एभरेस्टशान“ ब्रान्ड अन्तर्गत ३० नयाँ मूल्यवर्धित उत्पादनहरू बजारमा ल्याउन तयारी गरिरहेको छ । यो साझेदारीले भारतको सीमाभन्दा बाहिर, खाडी मुलुक, अष्ट्रेलिया, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकाजस्ता अन्तर्राष्ट्रिय बजारहरूमा यी नयों उत्पादनहरूको प्रवर्द्धनका लागि रणनीतिक अभियान सुरु गर्न सक्षम बनाएको छ।

नयाँ प्रशोधन केन्द्रले नेपालको अलैंची उद्योगलाई रूपान्तरण गर्दै नयाँ निर्यात अवसरहरू सिर्जना गर्ने, रोजगारी वृद्धि गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली मसालाको नाफा र पहिचान बढाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउनेछ ।

अलैंची उत्पादन क्षेत्रका हिसावले नेपाल विश्वकै सबैभन्दा ठूलो उत्पादक हो, जसले विश्व उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्छ । तर हालसम्म नेपाली अलैंचीको करिब ९५ प्रतिशत कच्चा रूपमा निर्यात हुने भएकाले यसको नाफा र वैश्विक मान्यता सीमित छ । यो नयाँ केन्द्रले कालो अलैंचीको प्रशोधन गरी आवश्यक तेल, माउथ फ्रेशनर र विभिन्न मसलाहरू उत्पादन गर्नेछ ।
“युएसएआईडी र एनइसी बीचको साझेदारीले नेपालको कृषि निर्यातको सम्भावना कसरी खुलाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्छ,“ प्रवक्ता जेसन सुकले भन्नुभयो। “उन्नत प्रशोधन क्षमता र लक्षित बजार अभियानहरूसँगै नेपालको अलैंची क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा वृद्धि र पहिचान प्राप्त गर्नेछ ।

.“हाम्रो साझेदारी र मूल्यवर्धित उत्पादनहरूका साथ यो ठूलो कदम हो। यसले हामीजस्ता प्रशोधनकर्ता र व्यापारीलाई उच्च मूल्यका उत्पादनहरूका साथ अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न प्रेरित गर्नेछ। यसले हाम्रो आम्दानी र नेपाली अलैंचीको वैश्विक उपस्थिति दुबैलाई वृद्धि गर्नेछ,“ एनइसीका प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीले बताए ।

सन् २०२१ मा स्थापना भएको एनइसी उच्च गुणस्तरीय हिमाली मसला विश्वव्यापी उपभोक्तालाई उपलब्ध गराउन प्रतिबद्ध छ । यस उद्योगबाट उत्पादित सामानहरुमा ८०% स्थानीय कच्चा पदार्थको प्रयोग हुने तथा २०% काच्चा पदार्थ मात्र विदेशबाट आयात गर्ने र आफ्नो “एभरेस्टशान“ ब्रान्डमार्फत कम्पनीले नेपालको पाककला परम्पराको सम्मान र प्रोत्साहित गर्दै मसला उद्योगमा नयाँ मापदण्ड स्थापना गरेको गर्ने विश्वास लिएको जनाइएको छ ।

यस उद्योगले नेपालको अलैंची उद्योगको विकासका लागि एउटा ऐतिहासिक पहलको संकेत गर्दछ । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा. लि. (ल्भ्ऋ) द्वारा नयाँ प्रशोधन केन्द्रको उद्घाटनले देशको मसला उद्योगलाई नयाँ उचाइमा पु¥याउनेछ ।

युएसएआईडी र ल्भ्ऋ बीचको सहकार्यले उन्नत प्रशोधन क्षमताको लाभ उठाउँदै नेपाली अलैंची उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेछ । यो कदमले नेपालको मसला उद्योगमा गुणात्मक सुधार ल्याउन, निर्यातको आयात प्रतिस्थापन गर्न, र उच्च मूल्यका उत्पादनमार्फत विश्वव्यापी पहिचान बनाउन मद्दत गर्नेछ । साथै, नेपालको हिमाली क्षेत्रको विशिष्ट मसला—अलैंचीलाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थान दिलाउने लक्ष्यमा टेवा पु¥याउनेछ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
मङ्गलवार, मंसिर २५, २०८१
सुनको मूल्य
सोमवार, मंसिर २४, २०८१
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २३, २०८१